नागरिक बडापत्र
(क) बालअधिकार तथा सामाजिक न्याय
बालबालिकासँग सम्बन्धित उजुरी तथा अधिकार सम्बन्धी कामहरू गर्नु।
घरेलु हिंसा पीडित महिला र बालबालिकालाई आवश्यक सहयोग तथा समन्वय गर्नु।
असहाय, अपाङ्ग तथा आर्थिक अवस्था कमजोर बालबालिकाको उद्धार तथा संरक्षण कार्य गर्नु।
लैङ्गिक हिंसासँग सम्बन्धित उजुरी तथा आवश्यक सहयोगका कामहरू गर्नु।
(ख) लैङ्गिक समानता तथा सामाजिक समावेशिता
महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारू लगायतका समुदायका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशितासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु।
लैङ्गिक समानता, सामाजिक समावेशिता, मानव अधिकार, महिला सशक्तिकरण, सामाजिक न्याय र हिंसाविरुद्धका कार्यक्रमहरू सञ्चालन गर्नु।
(ग) बाल तथा किशोर विकास
विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गराउने तथा बालअधिकारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नु।
बालमैत्री स्थानीय शासनका लागि बाल क्लब गठन तथा बालमैत्री वातावरण निर्माणका कार्यक्रमहरू सञ्चालन गर्नु।
(घ) युवा तथा खेलकुद विकास
बेरोजगार युवाका लागि रोजगारमूलक तालिम र सीप विकास कार्यक्रम सञ्चालन गर्नु।
खेलकुद विकासका लागि खेलकुद प्रतियोगिता तथा खेलकुद कार्यक्रम सञ्चालन गर्नु।
(ङ) अन्य कार्यक्रम
सामाजिक जागरण तथा आर्थिक सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्नु।
अपाङ्गता तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूका लागि सहयोग र समन्वय कार्य गर्नु।
(च) प्रशासनिक जिम्मेवारी
प्रशासनिक कार्यहरू
प्रशासनसँग सम्बन्धित योजना तथा कार्यान्वयन कार्यहरू गर्नु।
लेखा कार्यहरू
2. लेखासम्बन्धी कार्यहरू तथा आर्थिक विवरण तयारी गर्नु।
सूचना कार्यहरू
3. सूचना सम्प्रेषण तथा सूचना अधिकारसम्बन्धी कार्यहरू गर्नु।


